Incident Reports

राष्ट्रपति भवन अगाडि प्रदर्शन गर्ने नेविसंघका प्रदर्शनकारी पक्राउ

2021-05-21

Bagmati, Kathmandu, Kathmandu

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओल‌ीले असंवैधानिक कार्य गरेको भन्दै शीतल निवासअगाडि प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संघ (नेविसंघ)का प्रदशनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
संसदबाट कानुन बनाउने प्रावधान हुँदाहुँदै राष्ट्रपतिले सोझै अध्यादेश जारी गरेपछि विद्यार्थी नेता प्रदर्शनमा उत्रिएका हुन् । शीतल निवासअगाडि प्लेकार्ड बोकेर विरोधमा उत्रिएका प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको नेविसंघ नेता दुजाङ शेर्पाले जानकारी दिए ।
शान्तीपुर्ण रूपमा राष्ट्रपतिलाई संविधान बुझाउन जाँदा अस्वीकार गरेको र नेविसङ त्रिभुवन विश्वविद्यालयका नेतालाई प्रहरीले गिरफ्तार गरेको भन्दै तत्काल रिहाइका लागि नेता दुजाङ शेर्पाले माग गरेका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Contestation over Constitution and federal restructuring
Secondary Cause Other governance issues
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments