Incident Reports

पोखरामा नेपाली कांग्रेसको विरोध प्रदर्शन

2021-05-22

Gandaki, Kaski, Pokhara Lekhnath

जेठ ८, २०७८ शनिबार

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा नेपाली कांग्रेसले विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री र राष्ट्रपतिको संसद विघटन र मध्यावधि  चुनावको घोषणा गर्ने कदमलाई प्रतिगमन भन्दै कांग्रेसले विरोध प्रदर्शन गरेको हो । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ६ को वडा कमिटीको आयोजनामा पोखराको हल्लनचोकमा विरोध प्रदर्शन भएको हो । 

उक्त अवसरमा नेपाली कांग्रेसका जिल्ला सदस्य लक्ष्मण पहारी (लक्की) ले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी मिलेर प्रतिनिधिसभा विघटन र चुनाव घोषणाको असंवैधानिक र निरंकुश कदम चालेको आरोप लगाए । 

उनले सार्वभौम नेपाली जनताप्रति जवाफदेहीविहीनताको पराकाष्ठाको रुपमा चिनिएको यो असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कार्यको कडा प्रतिवाद गर्ने र देशभर आन्दोलनमा होमिने चेतावनी दिए । 

प्रदर्शनमा सभापति बलराम गिरीले कोरोनाभाइरसको विश्वब्यापी महामारीको दोश्रो लहरले  पैदा गरेको जनस्वास्थ्य संकट र असह्य पीडासँग जुधिरहेको बेला  त्यसबाट आम जनताको प्राण रक्षा गर्नुको सट्टा राजनैतिक संकट उत्पन्न गरेर जनतालाई प्रतिरोधको  लागि सडकमा ओर्लिन बाध्य बनाइएको भन्दै कडा संघर्ष गर्ने चेतावनी दिए । 

विरोध प्रदर्शनमा तरुण दलका जिल्ला सदस्य खिमलाल पहारी, तरुण दलका सचिव प्रकाश न्यौपाने, नेविसंघ नेताहरु गोविन्द नेपाली, नवराज सुनार, सुमन नेपाली, सविन लिमिल्सिना, अविनाश नेपाली, र महिला संघका मन्दरा ढकाल, प्रभा सुवेदी लगायत सहभागी थिए । 

कार्यक्रम सञ्चालन सचिव शिशिर पहारीले गरेका थिए । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Secondary Cause Other governance issues
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments