Incident Reports

राष्ट्रपति कार्यालय अगाडि युथ कांग्रेसको प्रदर्शन

2021-05-23

Bagmati, Kathmandu, Kathmandu

काठमाडौँ — प्रतिनिधिसभा विघटनको विरोधमा आइतबार राष्ट्रपति कार्यालय अगाडि युथ कांग्रेस नेपालले प्रदर्शन गरेको छ । असंवैधानिक रुपमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा संसद् विघटन गरेको भन्दै युथ कांग्रेसले प्रदर्शन गरेको हो ।प्रहरीले प्रदर्शनमा उत्रिएका ३ जनालाई पक्राउ गरेको छ । 

प्रधानमन्त्रीले विश्वासको मत नलिनु, आफूले मार्गप्रशस्त गरिसकेपछि पुनः प्रधानमन्त्रीका लागि दाबी लैजानु, प्रधानमन्त्रीको दाबी परिसकेपछि राष्ट्रपतिले इन्कार गर्नु र ओलीलाई प्रधानमन्त्री कायम राखेर प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक भएको उनीहरूको भनाइ छ । 

प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई निरन्तरता दिएर प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमलाई बदनियत ठहर गर्दै राजनीतिक र कानुनी लडाइँ गर्ने विपक्षी गठबन्धनले तयारी गरेका छन् ।प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्ने बाध्यकारी प्रावधान उल्लंघन गर्दै राजीनामासमेत नदिई धारा ७६(५) बमोजिम प्रधानमन्त्री नियुक्तिको प्रक्रिया अघि बढाउन सिफारिस गरेका थिए । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Secondary Form Detention of Protesters
Primary Cause Contestation over Constitution and federal restructuring
Secondary Cause Freedom of Assembly
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments