Incident Reports

संसद् विघटनको विरोधमा रुपन्देहीमा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन

2021-05-23

Lumbini, Rupandehi, Tillotama

तिलोत्तमा — असंवैधानिक तवरबाट प्रतिनिधिसभा विघटन गरेको भन्दै नेपाल विद्यार्थी संघ रुपन्देहीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् ।

सरकार बन्ने अवस्था हुँदाहुँदै संविधान मिचेर प्रतिनिधिसभा विघटन गरेको भन्दै आइतबार रुपन्देहीको तिलोत्तमामा नेविसंघले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो । संसद् विघटनको निर्णय नसच्याए थप आन्दोलन चर्काउने संघले बताएको छ । कोरोना कहरले मुलुक आक्रान्त भएको बेला सत्ताको आयु लम्ब्याउन गरिएको प्रपञ्चलाई नस्वीकार्ने नेविसंघ रुपन्देहीका पूर्वसभापति सन्तोष डिसीले बताए । प्रधानमन्त्री ओलीको सिफारिसमा शुक्रबार मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । 

कोरोना कहरले मुलुक आक्रान्त भएको बेला सत्ताको आयु लम्ब्याउन गरिएको प्रपञ्चलाई नस्वीकार्ने नेविसंघ रुपन्देहीका पूर्वसभापति सन्तोष डिसीले बताए । प्रधानमन्त्री ओलीको सिफारिसमा शुक्रबार मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । 

प्रधानमन्त्री ओलीको सिफारिसमा शुक्रबार मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments