Incident Reports

‘प्रतिगमन–२’को विरुद्ध उदयपुरमा पुत्ला दहन

2021-05-23

अघिल्लो मध्यराति भएको संसद विघटनको घट्नालाई ‘प्रतिगमन–२’ को संज्ञा दिँदै नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपालले उदयपुरमा आईतबार साँझ राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेको छ।

साँझ साढे ७ः०० बजे बजारमा निस्केको वाईसिएलको डफ्फाले मसाल जुलुसहित बजार परिक्रमा गरी मुख्य चोक पुगेर पुत्ला दहन गरेको हो। पुत्ला दहन गर्दै वाईसिएल उदयरका अध्यक्ष ज्ञानेन्द्र मगरलगायत पार्टी नेता कार्यकर्ताले केपी ओली सरकारले चालेको असंवैधानिक कदमप्रति राष्ट्रपति भण्डारीले आँखा चिम्लेर समर्थन जनाउँदा देश र जनताको भविष्य अन्धकारतर्फ धकेलिएको बताए।

देश कोभिडका कारण अस्तव्यस्त भईरहेका बेला जनप्रतिनिधिमुलक संस्था संसदको बलात्कार र हत्या गरेर अक्ष्यम्य अपराध गरेको भन्दै ओली र भण्डारीले जनताबाट सजाय पाउनुपर्ने उनीहरुको भनाई थियो। मध्यावधि चुनाव गराउने अर्वौं रकमले कोभिड खोप र उपचार नपाएर दिनदिनै ज्यान गुमाउन बाध्य भईरहेका जनताको स्वास्थ्य सामग्रीको जोहो गर्न सरकारलाई सुझाएका थिए।

प्रधानमन्त्री र राष्ट्रपतिको यस्तो असंवैधानिक कदमविरुद्ध विपक्षी दलहरुको मोर्चाले सर्वाेच्चमा रिट हाल्ने तयारी भईरहेको भन्दै वक्ताहरुले प्रगिगमन १ जस्तै यस पटकको असंवैधानिक कदमलाई पनि सर्वोच्चले खारेज गरेर जनपक्षीय फैसला सुनाउने अपेक्षा गरिएको बताए। साथै असंवैधानिक कदमविरुद्ध नेकपा माओवादी केन्द्रलगायत बिपक्षी दलहरु कोभिडबाट बँच्न सुरक्षा मापदण्ड अपनाउँदै शान्तिपूर्ण र सशक्त आन्दोलनमा उत्रिने उद्घोष गरेका थिए।

निषेधाज्ञाका कारण सुनसान रहेको बजार, त्यसमाथि साँझपख भएका कारण मसाल जुलुस र पुत्ला दहनबारे प्रहरी प्रशासनले पत्तै नपाएजस्तो देखिएकाले कार्यक्रम सहजै सम्पन्न गरेर आयोजक लिग र पार्टी नेता कार्यकर्ता आआफ्नो गन्तव्यतर्फ लागेका थिए।

संसद विघटनको घट्नालाई लिएर देशव्यापी विरोध भईरहेको छ। आईतबार साँझ विपक्षी दलनिकट नेपाल महिला संघ, अखिल नेपाल महिला संघलगायत बिभिन्न महिलावादी संघ, संगठनहरुले संयुक्त विज्ञप्ती प्रकाशित गर्दै घट्नाको भत्र्सना गरेका छन्। विज्ञप्तीमा कांग्रेसनिकट नेपाल महिला संघ अध्यक्ष उमा रेग्मी, माओवादीनिकट अनेमसंघ अध्यक्ष अमृता थापा, अनेमसंघ अध्यक्ष जयन्ती राई, अर्को अनेमसंघ अध्यक्ष मिना पुन र समाजवादी महिला संघ अध्यक्ष निर्मला यादवको हस्ताक्षर रहेको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments