Incident Reports

डा. गोविन्द केसीका सहयोगी प्रीतम सुवेदीलाई दुर्गा प्रसाईंको धम्की

2021-05-24

काठमाडौँ — झापास्थित बीएन्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीका सहयोगी प्रीतम सुवेदीलाई धम्की दिएका छन् । 

प्रसाईंले सुवेदीलाई फोन गरेर भौतिक आक्रमण गर्ने धम्की दिएको सोलिडारिटी फर डा केसी अलायन्सका संयोजक डा. जीवन क्षेत्रीले जानकारी दिए । ‘तँलाई भेटे भने तेरो तीन इन्ची सर्ने गरी हान्दिन्छु,’ टेलिफोनमा प्रसाईंले भनेका छन् । सुवेदीका परिवारका सदस्यहरु (आमा, बुवा र बहिनी) लाई समेत जोडेर ‘डाँका’ भन्दै गालीगलौच गरिएको छ । सुवेदी केसीको चिकित्सा क्षेत्र सुधार अभियानका मिडिया संयोजक हुन् । गत हप्ता डा. केसीले काठमाडौं विश्वविद्यालयले चोरबाटोबाट बीएन्डसीलाई सम्बन्धन दिन लागेको भन्दै विज्ञप्ति जारी गरेका थिए । उक्त विज्ञप्ति सुवेदीले सञ्चारमाध्यमहरुलाई उपलब्ध गराएका थिए । बिज्ञप्ति निकालेकै दिन प्रसाईंले धम्की दिएको सुवेदीले कान्तिपुरसित बताए । ‘तँ कहाँ छस् ? त्यहीँ आउँछु भनेका छन्,’ उनले भने । सोलिडारिटीले सुवेदीको सुरक्षाको मागसमेत गरेको छ । भौतिक आक्रमण गर्ने धम्की आइरहेकाले त्यसको जिम्मेवारी प्रसाईंले लिनुपर्ने क्षेत्रीले बताए । प्रहरीमा उनीविरुद्ध जाहेरीसमेत दर्ता गराउने तयारी भइरहेको छ ।

प्रधानमन्त्री केपी ओलीका विश्वासप्रात्र मानिने प्रसाईंले अभियानका एक सहयोगीलाई धम्की दिएको भन्दै संयोजक क्षेत्रीले आपत्ति जनाए । बीएन्डसीलाई प्रधानमन्त्री ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको ठाडो निर्देशनमा नियमविपरीत सम्बन्धन दिने चलखेल भइरहेको छ । काठमाडौं विश्वविद्यालयले सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगलाई सिफारिस गरेको छ । प्रधानमन्त्री ओलीले पनि सम्बन्धन पाउने बताइसकेका छन् । केसी पक्षले बीएन्डसीसहित जुनसुकै मेडिकल कलेजलाई चिकित्सा शिक्षा ऐन र नियमावलीको प्रावधानअनुसार प्रक्रिया पूरा गरेर मात्र सम्बन्धन दिनुपर्ने बताउँदै आएको छ । सञ्चालक प्रसाईंले भने ऐन जारी गर्नुअघि मनशायपत्र पाएकाले आफुले स्वतः सम्बन्धन पाउने दाबी गर्दै आएका छन् । तर मनशायपत्र नवीकरण छैन । यसपटक आफूले सम्बन्धन पाउने प्रसाईंले ठोकुवा गरिरहेका छन् ।

प्रकाशित : जेष्ठ १०, २०७८ ०९:५८ईंले ठोकुवा गरिरहेका छन् । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
National/Online Media

0 Comments