Incident Reports

देउरानीको कुटपिटबाट जेठानी घाइते, आरोपित गिरफ्तार

2021-05-23

Province 1, Bhojpur, Bhojpur, Ward 12

भोजपुर नगरपालिका–१२ टक्सार दाडेगौँडाकी ८४ वर्षीया लक्ष्मीमाया तामाङमालाई कुटपीट गरी घाइते बनाएको आरोपमा प्रहरीले ४४ वर्षीया देउरानी मीना तामाङलाई जेठ १० गते गिरफ्तार गरेको छ ।देउरानीको कुटाइबाट तामाङको घाँटीको हड्डी तीन ठाउँमा भाँचिएको सवस्थ्य कार्यालय भोजपुरका सूचना अधिकारी सुरेन्द्र बढाथोकीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

जेठ ९ गते चिरपट दाउरा प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी कृष्णकुमार चन्दले बताउनु भयो ।पीडित पक्षले दिएको सूचनाका आधारमा आरोपितलाई अनुसन्धानका लागि भोजपुर नगरपालिका–१२ टक्सारबाट गिरफ्तार गरेको डिएसपी चन्दले बताउनु भयो ।आरोपितविरूद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा जेठ ९ गते ज्यान मार्ने उद्योग शीर्षकमा उजुरी दिएको छ । घाइतेको उपचार जेठ ९ गतेदेखि नै जिल्ला अस्पताल भोजपुरमा भइरहेको छ ।

गणेश विष्ट

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments