Incident Reports

मजदुर हत्या आरोपमा कीर्तिपुरबाट ५ जना पक्राउ

2021-05-22

Bagmati, Kathmandu, Kirtipur

काठमाडौंको कीर्तिपुरस्थित एक गलैँचा फ्याक्ट्रीमा मजदुरको हत्या भएको छ । जेठ ८ मा राति पाँच जना मिलेर मकवानपुरको बकैया–१ घर भएका मान बहादुर घिसिङको हत्या गरेका हुन् ।हत्या आरोपमा पाँच जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डिएसपी रुकेश तन्डुकारले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा भगत बहादुर बल, क्षेत्र बहादुर बल, जगत बहादुर बल, बिरु गोले र विशाल मोक्तान छन् ।

मृतक र आरोपी सबैजना दिनेश बलले संचालन गरेको गलैँचा फ्याक्ट्रीमा मजदुर हुन् । आरोपीहरु बिरुद्ध ज्यान सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको डिएसपी तण्डुकारले बताए ।

शनिवार राति मदिरा सेवन गरेर झगडा हुँदा पाँच जना मिलेर मान बहादुरको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मृतकको शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । पीडितका आफन्तले पोष्टमार्टम गर्न र शव बुझ्न अस्विकार गरेका छन् ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Killed 1
National/Online Media

0 Comments

Related Reports