Incident Reports

माओवादी र नेपाल पक्ष समर्थित विद्यार्थी संगठनले जलाए राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला (तस्बिरहरु)

2021-05-25

Bagmati, Kathmandu, Kathmandu, Ward 32

काठमाडौं- नेकपा माओवादी केन्द्र र नेकपा एमालेको माधव नेपाल पक्षनिकट विद्यार्थी संगठनले राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन्।मंगलबार साँझ कोटेश्वरमा उनीहरुले संसद विघटन, नागरिकता अध्यादेशलगायतको विरोध गर्दै राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन्। सरकार गठन गर्न दलहरु असफल भएको भन्दै केही दिनअघि राष्ट्रपति भण्डारीले संघीय प्रतिनिधि सभा विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरेकी थिइन्।

प्रधानमन्त्री ओलीको योजनामा राष्ट्रपति भण्डारीले संसद विघटनलगायतका निर्णय लिएको आरोप प्रतिपक्षी दलहरु र गठबन्धनको रहेको छ। सत्तामा रहिरहने मोहका कारण ओलीले यसो गरेको विपक्षीहरुको बुझाई छ।

  तस्विरहरु : वर्षा शाह

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Contestation over Constitution and federal restructuring
Secondary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org , UML and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments