Incident Reports

निषेधाज्ञाबीच सरकारविरुद्ध बृहत् नागरिक आन्दोलनको प्रदर्शन (तस्बिरहरु)

2021-05-26

Bagmati, Kathmandu, Kirtipur

काठमाडौँ– बृहत् नागरिक आन्दोलनले निषेधाज्ञाका बीच सरकारविरुद्ध प्रदर्शन गरेको छ। बृहत् नागरिक आन्दोलनका अभियन्ताहरुले काठमाडौँको कीर्तिपुरमा सरकारविरुद्ध प्रदर्शन गरेका हुन्। देश कोरोना महामारीबाट आक्रान्त बनेका बेला संसद विघटन गरेर चुनाव घोषणा गरेको भन्दै अभियन्ताहरुले त्यसप्रति आक्रोश व्यक्त गरेका छन्। प्रदर्शनमा लेखक/पत्रकार नारायण बाग्ले, लेखक युग पाठक लागायतका अभियन्ताहरु सहभागी भएका छन्।

उनीहरुले ‘स्वास्थ्य सेवा निःशुल्क गर, अस्पतालहरु राष्ट्रियकरण गर’, ‘मान्छेको लासमाथि लास छ तिमीलाई भोटकै आश छ’, ‘अक्सिजन र खोप चाहिएको छ, मतपत्रको षड्यन्त्र होइन’, ‘रोकिन्नौँ हामी रोकिन्नौँ चाहे बन्दुक दे या तोप दे,  भोट नमाग ए सरकार खोप दे हामीलाई खोप दे’, लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक संसद विघटन गरेर चुनावको घोषणा गरेपछि त्यसको  चौतर्फी विरोध भइरहेको छ।

            

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CSO/NGO
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments