Incident Reports

एम्बुलेन्सचालक खत्रीमाथि कुटपिट

2021-05-26

Lumbini, Gulmi, Resunga

नेपाल रेडक्रस सोसाइटी गुल्मीका एम्बुलेन्सचालक २८ वर्षीय लालबहादुर खत्रीमाथि कुटपिट भएको छ । उनलाई रेसुंगा नगरपालिका– १ धागिथुमका अन्दाजी ३० वर्षीय सागर बोहोराले मंगलबार राति साढे ९ बजे कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेयले जानकारी दिए ।चालक खत्रीको टाउकोमा गम्भीर चोट लागेकाले गुल्मी अस्पतालमा सामान्य उपचारपछि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा रेफर गरिएको छ ।

कुटपिटमा संलग्न व्यक्तिको पहिचानपछि बिहानैबाट खोजीकार्य तीव्र पारिएको पाण्डेयले बताए । कोभिड– १९ को महामारीका वेला ज्यान जोखिममा राखेर खटिएका एम्बुलेन्सचालकमाथि कुटपिट हुनु निकै निन्दनीय विषय भएकोले अविलम्ब दोषीउपर कारबाही गर्न संयुक्त एम्बुलेन्सचालक संघ गुल्मीका सचिव युवराज बस्नेतले बताए ।

उनले घटनाको विषयमा संघमा अहिले छलफल भइरहेकाले दोषीलाई कारबाही नभए सोहीअनुसार आन्दोलन गर्ने बताए । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गुल्मीका सभापति राजेन्द्र श्रेष्ठले घटनाको घोर भर्त्सना गर्दै संलग्नलाई तत्काल कारबाहीको माग गरे । दिनरात कोभिडका बिरामी बोकेर गाउँ, सहर र अस्पताल दौडने एम्बुलेन्सचालकको सुरक्षाका विषयमा सरकार थप गम्भीर बन्नुपर्ने श्रेष्ठको भनाइ छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Unclear
Secondary Cause Prejudice and Discrimination
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments

Related Reports