Incident Reports

घरेलु हतियार प्रयोग गरी छोराको हत्या गर्ने बाबु पक्राउ

2021-05-26

Lumbini, Banke, Kohalpur, Ward 12

बाँकेको कोहलपुरमा बाबुले छोराको हत्या गरेका छन् ।कोहलपुर-१२ चप्परगौडीका ठाकुर ओलीले १८ वर्षको छोरा पोषण ओलीलाई बुधबार राति घरेलु हतियार प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक होमप्रकाश चौधरीले बताए । घरेलु हतियारले प्रहार गरेपछि गम्भीर घाइते भएका पोषणलाई भेरी अस्पताल नेपालगन्ज पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।छोराको हत्या गर्ने बाबुलाई घरबाटै पक्राउ गरिएको र घरयासी झगडाका कारण हत्या भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

---
नेपालगन्ज — बाँकेको कोहलपुर नगरपालिका– १२ चपरगौडीमा एक जनाले आफ्नै छोरालाई धारिलो हतियार प्रयोग गरी हत्या गरेका छन् ।बिहीबार गर्धनमा हसिया प्रहार गरेर ६२ वर्षीय ठाकुरप्रसाद ओलीले १७ वर्षीया छोरा कृष्ण ओलीको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीले ठाकुरप्रसादलाई नियन्त्रणमा लिएको छ ।
घरायसी विवादका कारण हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।‘छोरा लागूऔषधमा फसेको भन्दै घरमा विवादका भइरहेको देखिन्छ,’ इलाका प्रहरी कार्यालय कोहलपुरका इनसपेक्टर होमप्रसाद चौधरीले भने, ‘त्यही विषयमा विवाद बढ्दै गएपछि हत्या भएको देखिन्छ ।’

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports