Incident Reports

साबित्री सुवेदीका ‘जयनारी समुह’ले बोक्सि आरोपमा प्रहरीकै अगाडी महिलामाथी गरे निर्घात कुटपिट

2021-05-22

Bagmati, Bhaktapur, Madhyapur Thimi, Ward 1

भक्तपुर । बोक्सी आरोपमा भक्तपुरमा एक महिलामाथी निर्घात कुटपिट भएको छ । मध्यपुर थिमी नगरपालिका वडा नम्वर १ लोकन्थली स्थित मनोहराको बस्तीमा एक महिला माथी बोक्सी आरोपमा कुटपिट भएको हो ।

मनोहरा सँगैको सुकुम्वासी बस्तीमा बस्दै आएकी मुना खनालमाथी बोक्सीको आरोपमा कुटपिट भएको हो । कुटपिटबाट सख्त घाइते भएकी मुना हाल घरमै छिन् । शरीरभरी निलडाम भएकी उनी आफ्नो मुन्टो चलाउन पनि नसक्ने अवस्थामा छिन् । उनलाई हाल दुई जनाले बसाई दिन र सुताई दिनु पर्ने अवस्था रहेको छ । कुटपिट गर्नेहरुले गोजीमा भएको पैसा र मोबाइल समेत लगेकाले पैसाको अभावमा अस्पताल नगएको उनको भनाई छ । ‘दुखाई कम हुने औषधी खाएर अहिले घरमै बसेकी छु ।’ उनले भनिन् ।

मुनालाई बोक्सीको आरोप लगाउँदै एलिसा ठकुरी, सुरेस तामाङ, राधिका मगर , अनिल आलेमगर, लक्ष्मी माया टिचे नाम गरेकी महिला, सुमन माझी, एलेन्द्र तामाङ, संजय बुढाथोकी, म्यारी गुरुङ्ग, गंगा गुरुङ्ग लगायतका अन्य व्यक्तिहरुले पनि कुटपिट गरेको प्रत्यक्षदर्शीहरु बताउछन्

पिडित महिलाका अनुसार फुलमाया भन्ने एक जना बस्तीमै बस्ने महिलालाई केहि समयदेखि काम ज्वरो छुट्ने तथा वर्वराउने समस्या देखिएको थियो । उपचारका लागि अस्पताल जाँदा पनि निको नभएपछि विदेशमा बस्ने उनका श्रीमानले झारफुक गर्ने सुझाब दिएका थिए र पहिल्यैदेखी झारफुक गर्दै आएकी मुनाले फुलमायाको झारफुक गर्दै आएकी थिइन । तर, फुलमायाका बुबाले भने आफ्नी छोरीलाई बोक्सी मन्त्र सिकाएर झन आक्रामक बनाउन लागेको भन्दै मान्छे बोलाएर कुटपिट गरिएको खनाले बताइन ।

साबित्रीको जयनारी समुहले गरे आक्रमण

मुनालाई बोक्सीको आरोप लगाउँदै एलिसा ठकुरी, सुरेस तामाङ, राधिका मगर , अनिल आलेमगर, लक्ष्मी माया टिचे नाम गरेकी महिला, सुमन माझी, एलेन्द्र तामाङ, संजय बुढाथोकी, म्यारी गुरुङ्ग, गंगा गुरुङ्ग लगायतका अन्य व्यक्तिहरुले पनि कुटपिट गरेको प्रत्यक्षदर्शीहरु बताउछन् ।

तरकारी किन्न गएकी मुनालाई फूलमायाको घरबाट शनिवार साँझ फोन गरेर बोलाएपछि मुना उनको घरमै पुगेकी थिइन । उनी घरमा पुगेपछि ‘हामी जय नारी महिला समूहका हौ ।’ भन्दै एक हुल घरभित्र पसे ।

लगत्तै फूलमाया लगायतले मेरो घर भित्र आउने तिमीहरु को हौ भनेर ति महिलालाई बाहिर निकालिन् । मुनालाई पनि डर लाग्यो प्रहरीलाई खबर गरिन् । जव प्रहरी आयो घर बाहिर जम्मा भएका ‘जयनारी समुह’ले प्रहरीकै सामुन्नेमा मुनालाई लात्तै लात्ताले भकुरे । प्रहरीले हेरिमात्र रहेको प्रत्यक्षदर्शीको भनाई छ ।

पिडित मुनाको टाउको काँध, ढाड, कम्वर र खुट्टामा चोट तथा निलडाम रहेको छ । उनलाई केही पुरुषहरुले पनि लात्तै लात्ताले हानेका कारण उनको मुन्टो नै घुमाउन नमिल्ने भएको स्थानीय माया तामाङले बताइन् । उनका अनुसार सावित्री सुवेदीले सुकुम्वासी बस्तीमा पचास भन्दा बढि महिला जम्मा पारेर ‘जय नारी समूह गठन गरेकी छिन्’

सुकुम्बासी बस्तीमा नै बस्दै आएका अर्का टेकनाथ सापकोटाले पनि निमुखा भएका कारण मुनामाथी आक्रमण भएको बताउँछन् । उनलाई आज आक्रमण गर्नेले अरुलाई पनि यस्तै आरोप लगाउँदै आक्रमण गर्न सक्ने उनले सुनाए । ‘फुलमाया बिमारी भएको सबैलाई थाहा छ, उनी लड्दै उफ्रिदै हिड्ने गरेका कारण उनी मुनाको झारफुक गर्न आएको सबैलाई थाहा छ । सापकोटा भन्छन् ‘मुनाले झारफुक गरे पनि फूलमायालाई अस्पताल पनि सुझाब दिएकी थिइन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (large group)
Weapons Other
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Mob (only Perpetrator)
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Injured 1
Female Injured 1
Youth Injured n/a
National/Online Media

0 Comments