Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

2021-05-26

Madhes, Dhanusha, Sabaila

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सबैला नगरपालिका–१२ रघुनाथपुरका १८ वर्षीय राजु पासवान, १९ वर्षीय जितेन्द्र पासवान र २० वर्षीय अजित पासवानविरूद्ध इलाका प्रहरी कार्यालय सबैलामा जेठ १३ गते पीडित बालिकाले उजुरी दिएकी छन् ।

पीडित बालिकालाई आरोपितहरूले जेठ १२ गते यौन दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ ।घटना लगतै आरोपित फरार रहेकाले उनीहरूको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय सबैलाका इन्स्पेक्टर राजेश सिग्देलले इन्सेक धनुषा प्रतिनिधिलाई बताउनुभयो ।पीडित बालिकाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल जनकपुरमा जेठ १४ गते गरिएको छ ।

दिपेन्द्रप्रसाद सिंह

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments