Incident Reports

बयलगाडा प्रदर्शनमार्फत नेविसंघले गर्‍यो सरकारको विरोध

2021-05-31

Lumbini, Rupandehi, Butwal

काठमाडौं :नेपाल विद्यार्थी संघ (नेविसंघ)ले बयलगाडा प्रदर्शन गरेर सरकारको विरोध जनाएको छ। नेविसंघले सोमवार रुपन्देहीको तामनगरमा बयलगाडा प्रदर्शन गरेर सरकारको विरोध जनाएको हो।

प्रदर्शनमा दुई तिहाइको स्थायी सरकार निर्माण हुँदा पनि नेपाल र नेपालीको अवस्था थप जटिलता तर्फ धकेलिएको विद्यार्थी नेताहरुले बताएका थिए। तत्कालीन एमाले पार्टी र माओवादी केन्द्रको एकीकरणले बनेको दुई तिहाइ सरकारले जनताका सामान्य आधारभूत समस्याको समेत हल गर्न नसकेको भन्दै ३ वर्ष काम भन्दा राजनीतिक लडाइँमै सकिएको उनीहरुको भनाइ थियो।

विद्यार्थी नेताहरूले कोरोना महामारीको स्वास्थ्य संकटका बेला पनि सरकार नागरिकप्रति जिम्मेवारी नदेखाएर राजनीतिलाई मात्रै चासो राखेको बताए। साथै उनीहरूले राष्ट्रपति जस्तो गरिमा पदमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको भन्दा बढी पार्टी राख्ने प्रवृत्तिले उक्त पदको मर्यादा नरहेको उल्लेख गरे।

प्रदर्शनका क्रममा कोरोना प्रतिरोधात्मक खोप, पानी जहाज, चुच्चे रेल, पेट्रोलको कुवा, निर्मला हत्या काण्डका हत्यारा, वाइड बडी, ३३ किलो सुन, बालुवाटार जग्गा, ७० करोड, नयाँ नक्सामा उल्लेख भएको नेपाली भूमि र सांसद अपहरणकारी लगायत खोइ भनी प्रश्न गरिएको थियो।



Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Secondary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments