Incident Reports

आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक पक्राउ

2021-05-31

मकवानपुरमा आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।प्रहरीले थाहा नगरपालिका वडा नम्बर ६ लिलाखेल बस्ने २६ वर्षीय राजु बलामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। उनलाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको हो।

प्रहरीका अनुसार राजुले ती बालिकालाई आफ्नै घरमा फकाएर लगेका थिए। उनले घरमा लगेर यौन दुर्व्यवहार गरेको भन्ने खबर पाएपछि ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको कार्यालयले जानकारी दिएको छ।

यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media

0 Comments