Incident Reports

राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दहन

2021-06-01

Madhes, Dhanusha, Janakpur

जनता समाजवादी पार्टी(जसपा) नेपाल, धनुषाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेको छ ।जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकर्ताहरूले मंगलबार दिउँसो जनकपुरको रामचोकमा असंवैधानिक कदमको विरोध गर्दै राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको पुतलादहन गरेका हुन् । जसपा धनुषाले पार्टीको केन्द्रिय कार्यालयको निर्देशन अनुसार कार्याकर्ताहरुले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको पुतला दहन गरेको हो ।

प्रधानमन्त्री ओलीको इसारामा राष्ट्रपति भण्डारीले गत जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभाको विघटन गर्दै आफूखुसी अध्यादेश ल्याई मुलुकलाई ी ओलीको पुतलादहन गरेका हुन् । जसपा धनुषाले पार्टीको केन्द्रिय कार्यालयको निर्देशन अनुसार कार्याकर्ताहरुले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको पुतला दहन गरेको हो । प्रधानमन्त्री ओलीको इसारामा राष्ट्रपति भण्डारीले गत जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभाको विघटन गर्दै आफूखुसी अध्यादेश ल्याई मुलुकलाई द्वन्द्वमा फसाउन खोजेको तथा संविधान र लोकतन्त्रणको मर्म विपरित काम गरेको भन्दै पुतला दहन गरिएको जसपा उपेन्द्र यादव समुहका नेता शेषनारायण यादवले बताए ।

निषेधाज्ञामा प्रहरीलाई छल्दै उनीहरुले जनकपुरको रामचोकमा पुतला दहन गरेका हुन् । यसअघि जसपा जनकपुर नगर कमिटीका अध्यक्ष विष्णुदेव साहको अगुवाईमा कार्यकर्ताहरुल राष्ट्रपति र प्रधानमन्त्री विरुद्ध चर्का नाराबाजी गरेका थिए । नाराबाजी गर्दै रामचोकमा उनीहरुले पुतला दहन गरेका थिए । नेता यादवका अनुसार धनुषाका १८ वटै स्थानीय तहमा समेत राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको पुतला दहन कार्यक्रम थियो । उनले बुधवार साँझ मसाल जुलुस प्रदर्शन गर्ने कार्यक्रम समेत रहेको बताए ।

जनकपुर टुडे मेडिया ग्रुप प्रालिद्वारा प्रकाशित जनकपुर टुडे राष्ट्रिय दैनिक पत्रिका मधेशको पहिलो 'क' वर्गको पत्रिका हो । हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Janata Samajbadi Party
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments