Incident Reports

बुबाको मृत्युपछि आमाको दोस्रो बिहे : फूपूको शरणमा बसेकी अशक्त बालिका बलात्कृत

2021-06-01

Province 1, Sunsari, Itahari, Ward 3

विराटनगर / इलाका प्रहरी कार्यालय इटहरी सुनसरीले अशक्त बालिकालाई जवरजस्तीकरणी गरेको आरोपमा वृद्ध पुरुषलाई पक्राउ गरेको छ ।

इटहरी उपमहानगरपालिका–३ स्थित फुपूको घरमा बस्दै आएकी नौ वर्षीया अशक्त बालिकालाई जवरजस्तीकरणी गरेको आरोपमा इटहरी–३ सुनौलो बस्तीका ६७ वर्षीय गाइने भनिने भगिराज दमाईलाई पक्राउ गरेको हो ।

शारिरीक र मानसिक रूपमा अशक्त बालिका हिँडडुल गर्न र बोल्न सक्दिनन् । उनको बुबाको मृत्युपछि आमाले दोस्रो बिहे गरिन् । आमाले दोस्रो बिहे गरेपछि अलपत्र परेकी उनी फुपूको संरक्षणमा थिइन् ।

मङ्गलबार पीडित बसोबास गरेको कोठामा नाबालिकालाई जवरजस्ती करणी गरेको स्थानीयले देखेपछि हल्लाखल्ला भएको थियो । हल्ला भएपछि भागेका दमाईलाई प्रहरीले बुधबार बिहान इटहरी–३ धरधरेबाट पक्राउ गरेको हो ।

पक्राउपछि जिल्ला अदालत सुनसरीबाट जबरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक केशवकुमार कटवालले जानकारी दिए । त्यस्तै इलाका प्रहरी कार्यालय धरानले सुस्तमनस्थितिकी महिलालाई करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

धरान–११ आँपगाछीमा बस्ने ५६ वर्षीया सुस्त मनस्थितिकी महिलालाई जबरजस्ती करणी गरेको आरोपमा सोही स्थानका ५२ वर्षीय बले भनिने बलबहादुर थापालाई पक्राउ गरेको हो । मङ्गलबार करणी गरेको उजुरी परेपछि उनी लगत्तै पक्राउ परेका थिए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments