Incident Reports

स्वास्थ्यकर्मीको चरित्र हत्या गरेको आरोपमा एक पक्राउ

2021-06-01

Madhes, Parsa, Birgunj, Ward 10

स्वास्थ्यकर्मीको चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका वडा नम्बर १०का २४ वर्षीय सौरभ साहलाई पक्राउ गरेको हो।उनलाई प्रहरीले स्वास्थ्यकर्मीको चरित्र हत्या गरेको भन्दै सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरूद्धको कसूरमा पक्राउ गरेको हो।

साहले वीरगञ्ज क्षेत्रका विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा चिकित्सकहरूको चरित्र हत्या गरेको प्रहरी नायब उपरीक्षक ओमप्रसाद खनालले जानकारी दिए।साहले आफ्नो फेसबुक तथा मेसेन्जरमार्फत पटक-पटक आपत्तिजनक शब्दहरूको प्रयोग गरी अनर्गल आरोप लगाई चरित्र हत्या गरेकाे प्रहरीकाे दावी छ। साथै उनले धम्क्याउने समेत गरेको भन्ने जाहेरी आएपछि प्रहरीले उनलाई वीरगञ्ज महानगरपालिका वडा नम्बर १० बाट मंगलबार पक्राउ गरेको हो।उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports