Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2021-06-02

Gandaki, Lamjung, Dordi

नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दोर्दी गाउँपालिका –१ का २५ वर्षीय अर्जुन तामाङलाई जेठ १९ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले  जेठ १९ गते राति २ बजे घरमा सुतिरहेको अवस्थामा दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध  जिल्ला प्रहरी कार्यालय लमजुङमा सोही दिन उजुरी दिएको जिल्ला प्रहरी कार्यालय लमजुङका डीएसपी गङ्गाबहादुर थापाले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।

पीडित पक्षको उजुरीपछि आरोपितलाई गिरफ्तार गरी उनीविरुद्ध जिल्ला अदालत लमजुङमा जबरजस्तीकरणी उद्योग र्शीषक अन्तरगत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

पीडिको स्वास्थ्य परीक्षण जेठ १९ गते जिल्ला अस्पताल लमजुङमा गरिएको  जिल्ला अस्पताल लमजुङका प्रशासन प्रमुख हेमन्त श्रेष्ठले बताउनुभयो ।

दलबहादुर मजाकोटी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments