Incident Reports

महिला र कर्मचारीमाथि कुटपिट गरेको आरोपमा जसपा नेता राई पक्राउ

2021-06-02

Province 1, Jhapa, Mechinagar, Ward 6

झापा । जनता समाजवादी पार्टीका नेता केवलराम राई स्थानीय एक महिला र खानेपानी कर्मचारीमाथि कुटपीटमा संलग्न भएको आरोपमा पक्राउ परेका छन् ।

जनता समाजवादी पार्टी प्रदेश नं. १ सदस्य राईलाई मेचीनगर–६ रमाइलो बस्तीकी २६ बर्षीय लक्ष्मी लिम्बू र काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा कार्यरत कर्मचारी धिरेन सुब्बामाथि सांघातिक आक्रमण गरेको आरोपमा बिहीबार साझ पक्राउ गरिएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।

राईसहित ६/७ जना युवाहरुको समुहले बुधबार बेलुकी ९ः४५ बजेको समयमा लिम्बूको घरमै गई कुटपीट गरेको साथै कर्मचारी सुब्बालाई खानेपानी कार्यालयको आवास गृहमै गएर कुटपीट गरेको आरोपमा पक्राउ गरिएको प्रहरी जनाएको छ ।

पक्राउ परेका राईलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

आफ्ना कर्मचारीमाथि कुटपीट गर्ने जत्थालाई कारवाही गर्न माग गर्दै खानेपानी संस्थाले इलाका प्रहरी कार्यालय काँकरभिट्टामा बिहीबार मुद्धा दर्ता गराएको थियो ।

पक्राउ परेका आदिवासी जनजाति नेता राई किरात राई यायोक्खा झापा जिल्ला सचिवलगायत अन्य संघसंस्थामा पनि आबद्ध छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (large group)
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 7
Actor 1 - Affiliations Citizen/Individuals , Janata Samajbadi Party
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports