Incident Reports

बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

2021-06-06

Madhes, Parsa, Birgunj, Ward 14

२० र २२ वर्षीया दुईजना युवतीलाई भारतमा बिक्री गर्न लग्दै गरेको आरोपमा प्रहरीले भारत, बिहार, पूर्वी चम्पारण, थाना पहाडपुर अहिरओलिया गोदाम बस्ने २७ वर्षीय असगर सैफी र असगरकी पत्नी तनहुँ, दमौली नगरपालिका–५ बस्ने सकिना खातुन भन्ने सीता थापा क्षेत्रीलाई जेठ २१ गते गिरफ्तार गरेको छ ।

पीडितद्वयलाई आरोपितहरूले बिक्री गर्ने उद्धेश्यले भारततर्फ लग्दै गरेको आरोपमा प्रहरीले वीरगंज महानगरपालिका–१६ इनर्वाबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिनु भयो ।

पीडित पक्षको स्वास्थ्य परीक्षण नगरिएको प्रहरीले जनाएको छ ।

कृष्णचन्द्र लामिछाने

0 Comments