Incident Reports

बलात्कारको घटना लुकाउन ‘गाउँमै पञ्चायती’- प्रदेश २ - कान्तिपुर समाचार

2021-06-05

Madhes, Parsa, Jagarnathpur, Ward 4

जेष्ठ २३, २०७८

वीरगन्ज — पर्साको जगरनाथपुर गाउँपालिका–४ जगरनाथपुर टोलमा बलात्कारको घटना लुकाउन शनिबार राति गाउँपालिका प्रमुखकै अगुवाइमा ‘पञ्चायती’ गरिएको पाइएको छ । गाउँमा प्रहरी पुग्दा पीडक युवकलाई प्रमुखकै योजनामा भगाइएको स्थानीयले आरोप लगाएका छन् । 

शनिबार साँझ साढे ६ बजेतिर जगरनाथपुर टोलमा बस्ने १५ वर्षीया किशोरीलाई सोही टोलका २२ वर्षीय युवकले जबरजस्ती करणी गरेका थिए । प्रहरीका अनुसार किशोरीका आमाबुबा बाहिर गएको मौका छोपेर छिमेकमै बस्ने ती युवक घरभित्र प्रवेश गरी जबरजस्ती करणी गरेका थिए । किशोरीका दाइले करिब ८ बजेतिर प्रहरीलाई घटनाबारे जानकारी गराए । पाँडेपुर प्रहरी चौकीका असईसहित दुई जना प्रहरी युवकलाई पक्राउ गर्न गाउँमा पुगेका थिए । स्थानीयले प्रहरीको विरोध गर्न थालेपछि युवक फरार भएका छन् ।

‘गाउँको कुरा गाउँमै मिलाउँछौं भन्दै गाउँपालिका प्रमुख जालिम मियाँले प्रहरीलाई फिर्ता जान भनेका थिए,’ नाम उल्लेख नगर्ने सर्तमा एक गाउँलेले भने, ‘स्थानीयलाई उचालेर प्रहरीको विरोधसमेत गर्न लगाए ।’ पीडकको घरनजिकै प्रहरी पुग्दासम्म ती युवक घरमै थिए । होहल्ला र विरोधको मौका छोपी ती युवक घरबाट फरार भए । गाउँपालिका प्रमुख मियाँ जगरनाथपुर टोलकै बासिन्दा हुन् । ‘पीडित युवतीका परिवारलाई समेत प्रभावमा पारिसकिएको रहेछ,’ प्रहरी उपरीक्षक वेलबहादुर पाण्डे भन्छन्, ‘राति गाउँपालिका प्रमुखलाई जसरी पनि युवकलाई हाजिर गराउन भनेका थियौँ, आइतबार बिहान हाजिर गराउने उनले भनेका थिए, तर बिहान गाउँमा प्रहरी पुग्दा ती युवक भेटिएनन् ।’

गाउँलेका अनुसार शनिबार राति प्रहरी फर्किएपछि गाउँपालिका प्रमुख मियाँले पञ्चायती गरेका थिए । ‘युवतीको विवाह ती युवकसँग गर्ने पञ्चायतीमा निर्णय भएछ,’ ती गाउँलेले भने, ‘बलात्कारको मुद्दालाई कमजोर पार्न गरिएको सहमति हो ।’

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments