Incident Reports

बागलुङको श्रीनगरदेखि उपल्लाचौरसम्मका टोल सिल गरियो

2021-06-05

Gandaki, Baglung, Baglung, Ward 4

बागलुङ, २२ जेठ – बागलुङ नगरपालिका वडा नं. ४ उपल्लाचौर क्षेत्रमा बढी संक्रमित भेटिएपछि केही टोलमा सिल गर्नुपर्ने अवस्था आएको छ ।

नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालका अनुसार, उपल्लाचौरस्थित डुंडुंगा, राइटरचोकदेखि कटरको बोट, आँखा उपचार केन्द्र, रेडक्रसहुँदै वडा कार्यालय क्षेत्रमा अत्याधिक कोरोनाका संक्रमित बढेका छन् । ती संक्रमितको कारण बजारका अन्य क्षेत्रमा पनि जोखिम बढेपछि तोकिएका क्षेत्र सिल गरिएको छ । ती क्षेत्रमा कोही पनि प्रवेश गर्न नपाउने व्यवस्था मिलाइएको छ ।

प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, नगरप्रमुख जनकराज पौडेल, वडा अध्यक्ष धु्वबहादुर केसी, स्थानीय सामाजिक अगुवा समेतको छलफलपछि ती क्षेत्रमा सिल गर्ने निर्णय गरेको हो । वडा कार्यालयले पनि ती क्षेत्रलाई सिल नगरेमा अन्यत्र सर्ने संभावना रहेको सिफारिस गरेपछि तारवारले घेरेर उक्त क्षेत्रलाई ठप्प पारिएको हो ।

निषेधित क्षेत्रमा कोहीपनि छिर्न नपाउने गरी चौबिसै घण्टा प्रहरी परिचालनसमेत गरिएको छ । नेपाली सेनाको २३ नम्बर बाहिनीमा छिर्ने कामबाहेक उक्त सडक भएर गौरीधाम शिवमन्दिरतर्फ कोही जान पाउने छैनन् । रेडक्रस, आँखा उपचार केन्द्र, जिल्ला समन्वयको आवास क्षेत्र, वडा कार्यालय र कटरको बोटसम्म कोही जान नपाउने गरी बन्द गरिएको नगरपालिकाका कर्मचारी ऋषिराम गोतामेले बताए ।

गोतामेका अनुसार श्रीनगरटोलदेखि डुंडुंगा जाने सडकको बस्तीमा मात्रै २५ घरमा ४० बढी संक्रमित छन् । सिल गरिएको क्षेत्रमा मात्रै १ सयबढी संक्रमित भएको नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताए । संक्रमण र फैलावटको दर बढीरहेकोले टोल सिल गर्नैपर्ने भएको उनले बताए ।

शिल भएको समयमा स्वास्थ्य शाखाका अत्यावस्यक सेवा, दैनिक खानका लागि सामान मात्रै लिन दिइनेछ । तर ती क्षेत्रमा सामग्री पनि वडाबाट व्यवस्थापन गराएर घरका मानिस बाहिर नआउने व्यवस्थापन भैरहेको वडाध्यक्ष धु्रव बहादुर केसीले बताए । वडा कार्यालय रहेको स्थानमा पनि संक्रमित अत्याधिक बढेपछि कार्यालयको सेवा ठप्प पारिएको छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Other governance issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports