Incident Reports

रुपन्देहीमा निषेधाज्ञाको विरोध गर्दै जुलुस निकाल्ने नाइके पक्राउ – Saurahaonline.com

2021-06-05

काठमाडौं :रुपन्देहीमा निषेधाज्ञाको विरोध गर्दै सडकमा नाराबाजी तथा टायर बाल्ने २ जना पक्राउ परेका छन् ।शनिबार लुम्बिनीको खुनगाईमा केही युवाले ‘कोरोना महामारी केही होइन , प्रहरी प्रशासन मूर्दाबाद, निषेधाज्ञा मान्दैनौँ’ भन्दै नाराबाजी गरेका रुपन्देही प्रहरी प्रमुख मनोज केसीले जानकारी दिए ।

प्रहरी प्रमुख मनोज केसीका अनुसार निषेधाज्ञाको उल्लघंन गर्न सार्वजनिक रुपमा अपिल गर्ने उक्त समूहका मुख्य नाइके अर्जुन कुर्मिसहित दुईजनालाई पक्राउ गरिएको हो ।उक्त समूहले सबै बजार खुलाउने भन्दै स्थानीयहरुलाई बजार खोल्न सार्वजनिक आग्रहसमेत गरेका थिए। रुपन्देहीमा आगामी ३१ जेठसम्म निषेधाज्ञा छ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Lockdown Enforcement
Secondary Cause Freedom of Assembly
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments