Incident Reports

दाङमा प्रधानमन्त्री ओली र राजेन्द्र महतोको पुत्ला दहन

2021-06-06

दाङ ।

दाङमा नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारी जिल्ला कमिटीले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री राजेन्द्र महतोको पुत्ला दहन गरेको छ ।उपप्रधानमन्त्री महतोको अभिब्यक्तिको बिरोधमा विद्यार्थी संगठनले आइतबार साँझ घोराहीमा मसालजुलुस निकाल्दै पुत्ला दहन गरेको हो ।

पुत्ला दहन गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले हस्तक्षेप गर्दै विद्यार्थीहरुलाई तितरबितर पारेको थियो । मसाल जुलुस निकाल्ने क्रममा प्रहरी र विद्यार्थी नेताबीच जलाइएको पुत्ला खोसाखोस हुदा स्थिति तनाबग्रस्त बनेको थियो । प्रहरी हस्तक्षेपविरुद्ध विद्यार्थी नेताहरुले चर्को नाराबाजी समेत गरेका थिए । पुत्ला जलाउने क्रममा प्रहरी र विद्यार्थी नेताबीच केहिबेर धकेलाधकेलको वातावरण स्थिति जटिल बनेको थियो ।

पुत्ला दहन गर्ने अनेरास्ववियु क्रान्तिकारी दाङका संयोजक जंग रोकासहित ८ जना विद्यार्थी नेतालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता तथा डीएसपी मुकुन्द रिजालले बताए ।सरकारविरुद्ध र चुरे दोहनको विरोध गर्दै मसाल जुलुस निकाल्ने क्रममा उनीहरुलाई नियन्त्रणमा लिइएको उनले बताए ।

प्रधानमन्त्री ओलीको असंवैधानिक कदम खारेज हुुनुपर्ने, नागरिक विधेयक सच्याउनुपर्ने, चुरे दोहनको निर्णय रोकिनुपर्ने, उपप्रधानमन्त्रीको राष्ट्रहितविपरीतको अभिव्यक्ति तत्काल सच्याउनुपर्नेलगायतको माग गर्दै क्रान्तिकारीले पुत्ला दहन गरेको हो ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Contestation over Constitution and federal restructuring
Secondary Cause Freedom of Assembly
Actor 1 - Number of people 8
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments