Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-06-03

Province 1, Morang, Budhiganga, Ward 2

२५ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुढीगङ्गा गाउँपालिकामा–२ का २४ वर्षीय सरोजकुमार साहलाई जेठ २१ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले जेठ २० गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितले जेठ २१ गते जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मानबहादुर राईले मोरङ प्रतिनिधिलाई जानकारी दिनुभयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जेठ २१ गते कोशी अस्पताल विराटनगरमा गरिएको छ ।

धनकुटा जिल्लामा रहेर मानव अधिकार अभिलेख र प्रसारको काम गर्दै आउनुभएका ईश्वर थापा २०७८ वैशाख महिनाको उत्कृष्ट प्रतिनिधि घोषित हुनु भएको छ । उहाँ आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका सवालका साथै नागरिकका मौलिक हकका सवालमा समाचार लेख्न रुची राख्नु हुन्छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments