Incident Reports

रौतहटमा बिहेमा नाचगान गरिरहेका स्थानीय र प्रहरीबीच झडप हुँदा डिएसपी घाइते :: Setopati

2021-06-06

Madhes, Rautahat, Garuda, Ward 2

रौतहटको गरुडामा बिहेको नाचगान गरिरहेका स्थानीय र प्रहरीबीच झडप भएको छ।निषेधाज्ञा कार्यान्वयनका लागि गएको प्रहरी टोली र बिहेमा रमाइरहेका स्थानीयबीच झडप भएको हो।गरुडा नगरपालिका-२ मा ठूलो संख्यामा स्थानीय भेला भएर नाचगान गरिरहेको पाइएपछि आइतबार राति प्रहरी गएको थियो।

प्रहरीमाथि स्थानीयले ढुंगामुडा गर्दा इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक द्वारिका घिमिरे घाइते भएका छन्।टाउकोमा चोट लागेका उनको अनामिटार अस्पतालमा उपचार भइरहेको रौतहटका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले बताए।

‘निषेधाज्ञा उल्लंघन गरी झन्डै १ हजार जनाको संख्यामा स्थानीय भेला भएपछि प्रहरी नाचगान बन्द गर्न गएको थियो,’ शाहले भने।घिमिरेको टाउकोमा चोट लागेको छ। ढुंगामुडाबाट अन्य ६ जना प्रहरी सामान्य घाइते छन्।घटनास्थलबाट दुई जनालाई नियन्त्रणमा लिइएको रौतहट प्रहरीले जनाएको छ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons Other
Primary Cause Law and Order Violence
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people 1000
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 10
Actor 2 - Affiliation Police
Actor 2 - Youth na
Total Injured 7
Female Injured n/a
Youth Injured n/a
National/Online Media

0 Comments

Related Reports