Incident Reports

सिराहामा गर्भवती श्रीमतीलाई आगो लगाएर हत्या गरेको आरोपमा श्रीमान् पक्राउ :: Setopati

2021-06-04

Madhes, Siraha, Dhangadhimai

सिराहामा गर्भवती श्रीमतीलाई आगो लगाएर हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।धनगढीमाई नगरपालिका वडा नम्बर ३ का करिब २९ वर्षीय दीपेन्द्र चौधरीलाई प्रहरीले आइतबार पक्राउ गरेको हो। उनीमाथि श्रीमती ३० वर्षीया पूजा चौधरीलाई जलाएर हत्या गरेको आरोप भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक तोपनकुमार दाहालले जानकारी दिए। पूजा ६ महिनाकी गर्भवती थिइन्।

घटना गत शुक्रबार राति साढे ८ बजेको हो। शुक्रबार घरबाट पैसा लिएर मदिरा खाएपछि श्रीमान दीपेन्द्र र पूजाबीच विवाद भएको थियो।सोही विवादले उग्र रूप लिएपछि पूजाको हत्या हुन पुगेको डिएसपी दाहालले बताए। प्रारम्भिक अनुसन्धानबाट पेट्रोल श्रीमती आफैँले खन्याएको र पछि श्रीमानले आगो लगाएको खुलेको दाहालले बताए।

दीपेन्द्र चौधरीले पनि घटनाबारे आंशिक रूपमा मात्रै स्वीकार गरेको उनले बताए।पूजाको शरीरमा आगो लागेर जलेपछि उनको उपचारको लागि ससुरा लगायतले उपचारको लागि लहानको कामना नर्सिङ होम लगिएको थियो। त्यहाँ उपचार नहुने भएपछि विराटनगर लगिएको थियो।

विराटनगरमा पनि उपचार नभएपछि काठमाडौं ल्याउने क्रममा: आइतबार पूजाको बाटोमै मृत्यु भएको थियो।घटनापछि फरार भएका श्रीमान दीपेन्द्र चौधरीलाई प्रहरीले आइतबार पक्राउ गरेको थियो। उनलाई म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान गर्न अदालत लगिएको छ।पूजाको माइती पक्षले कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका छन्।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Fire
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments