Incident Reports

चुरे दोहनविरुद्ध प्रदर्शन गर्ने नेविसंघका ६ जना सोह्रखुट्टेबाट पक्राउ – Online Khabar

2021-06-07

२४ जेठ, काठमाडौं ।

चुरे दोहनविरुद्ध प्रदर्शन गर्ने नेपाल विद्यार्थी संघका ६ जना नेता सोह्रखुट्टेबाट पक्राउ परेका छन् ।चुरे दोहन, सरकारको असंवैधानिक कदम, पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धि विरुद्ध प्रदर्शनमा उत्रिएका  उनीहरुलाई सोह्रखुट्टेबाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा प्रशान्त लामिछाने, सागर बाबु भट्ट, सन्तोष श्रेष्ठ, शक्तिमान तामाङ,सबिन भण्डारी, लक्ष्मण भट्ट रहेको नेविसंघका महामन्त्री दीपक भट्टराईले अनलाइनखरलाई बताए ।पक्राउ परेका उनीहरुलाई महानगरीय प्रहरी वृत सोह्रखुट्टेमा राखिएको छ ।साथै उनले पक्राउ परेका नेताहरुको तत्काल बिनासर्त रिहाइको माग गरे ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Secondary Form Detention of Protesters
Primary Cause Other governance issues
Secondary Cause Freedom of Association
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments