Incident Reports

ओली र महतोको पुत्ला जलाउँदा जनमोर्चाका ३ नेता गिरफ्तार

2021-06-07

प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री राजेन्द्र महतोको पुत्ला जलाउने क्रममा कैलालीमा राष्ट्रिय जनमोर्चाका तीन नेता पक्राउ परेका छन्।प्रधानमन्त्री ओलीले संसद विघटन गरेर असंवैधानिक कदम चालेको र उपप्रधानमन्त्री महतोले विखण्डनकारी अभिव्यक्ति दिएको भन्दै जनमोर्चा निकट अखिल नेपाल युवक संघले पुत्ला दहन गरेको हो।

धनगढीस्थित राजपुरमा भएकाे साे कार्यक्रमबाट राजमो कैलाली जिल्ला सचिव जगतप्रसाद जोशी, अखिल नेपाल युवक संघका केन्द्रीय सचिव प्रसान्त थापा र अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय कोषाध्यक्ष खड्क रानालाई प्रहरीले पक्राउ गरेको राजमो महासचिव मनोज भट्टले जानकारी दिए।पक्राउ परेका तीनैजनालाई प्रहरीले केहीबेर नियन्त्रणमा लिएर छोडेको थियो।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Secondary Form Detention of Protesters
Primary Cause Other political issues
Secondary Cause Freedom of Assembly
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Rastriya Janamorcha
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments