Incident Reports

ओलीका प्रदेश सचिवद्वारा माधव पक्षका प्रदेश मन्त्रीमाथि कार्यालयमा छिरेर हातपात

2021-06-07

Sudurpashchim, Kailali, Dhangadhi

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारी माथि हात हाल्ने काम भएको छ । साँझ ७ः ३० बजे कञ्चनपुरका राजेन्द्र रावलले मन्त्रीको कार्यकक्षमा पसी अभद्र व्यवहार गरेका हुन् ।

स्वकीय सचिव ललित बोहराका अनुसार मन्त्री बजेटसम्बन्धी छलफलमा व्यस्त रहेको मौका पारेर अंगरक्षक र निजी सचिवालयलाई छल्दै भित्र पसी उनले हात हालेका हुन् ।

यसलाई एमालेभित्र बिध्यमान अन्तर्द्वन्द्वको उपज मानिएको छ । मन्त्री सोडारीले भने, “उहाँ मन्त्रालयमा तोडफोड गर्न खोज्नु भयो। जवरजस्ती ह्वीप जारी गर्ने जस्ता आपत्तिजनक कुरा गर्दै हुनुहुन्थ्यो। मैले त्यो त्यस्तो नगर्नुस् भने।

उहाँले अभद्र व्यवहार देखाएपछि मैले प्रहरी प्रशासनलाई समेत खबर गरिसकेको छु।” मन्त्री सोडारी नेकपा एमाले माधव समूहका नेता हुन् भने प्रदेश सचिव रावल ओली समूहका नेता हुन्।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people 1
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments