Incident Reports

कैलालीमा एकजना पुरुष मृत फेला

2021-06-08

Sudurpashchim, Kailali, Lamkichuha, Ward 2

कैलालीको लम्कीचुहा नगरपालिका–२ स्थित कच्ची घरमा डेरा गरी बस्ने धनगढी घर बताउने ३६ वर्षीय विशाल बुढाथोकी मृत अवस्थामा फेला परेका छन् । घटना शंकास्पद देखिएपछि अनुसन्धानका लागि विशालसँगै बस्ने एकजनालाई स्थानीय वनमा लुकी बसेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ ।


Update

--------------

कैलालीमा साथीको हत्या गरेको आरोपमा युवक पक्राउ


 कैलालीमा साथीको हत्या गरेको आरोपमा युवक पक्राउ परेका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका–२ मोतिपुरमा डेरा गरेर बस्दै आएका कैलारी गाउँपालिका–४ का ३९ वर्षीय सोमबहादुर बस्नेतलाई आफूसँगै बस्ने साथीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले बस्नेतलाई उनीसँगै बस्दै आएका धनगढीका ३६ वर्षीय विशाल बुढाथोकीको हत्या गरेको आरोपमा पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार बुढाथोकीको टाउकोमा चोट लागेको अवस्थामा २४ जेठमा कोठामै मृत फेला परेका थिए ।

घटनाको अनुसन्धान गर्दै जाँदा हत्या गरिएको आशंकामा फरार भएका बस्नेतलाई लम्कीचुहा नगरपालिकाको वीरेन्द्र सामुदायिक वनमा लुकेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक बिष्टले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानबाट दुवै जनाले घरेलु मदिरा सेवन गरेपछि आपसमा विवाद हुँदा बस्नेतले कोठामै रहेको फलामको कर्नीले टाउकोमा हिर्काएर हत्या गरेको बुझिएको प्रहरीले जनाएको छ । अहिले उनलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports