Incident Reports

खोप लगाउन माग गर्दै भक्तपुरको कटुञ्जेमा युवाहरूको अवरोध

2021-06-08

Bagmati, Bhaktapur, Suryabinayak, Ward 5

भक्तपुरको सूर्यविनायक नगरपालिकामा खोप लगाउन माग गर्दै युवाहरूले विरोध गरेका छन्। उनीहरूको विरोधपछि केहीबेर सेवा अवरूद्ध भएको छ।नगरपालिका वडा नम्बर ५ कटुञ्जेस्थित स्वास्थ्य चौकीमा उमेर समूहमा नपरेका युवा पनि लाइनमा बसेर स्वास्थ्यकर्मीमाथि नै दुर्व्यवहार भएपछि सेवा अवरूद्ध भएको हो।

स्वास्थ्यकर्मी, स्वयंमसेवकलाई दुर्व्यवहार गरेर खोप लगाउन लाइनमा बसेपछि खोप लगाउने काम अवरूद्ध भएको कटुञ्जे स्वास्थ्य चौकी प्रमुख स्वस्तिका आचार्यले सेतोपाटीलाई बताइन्।

मंगलबारबाट ६० देखि ६४ उमेर समूहलाई चिनियाँ खोप भेरोसेल दिन लागेको हो। तर कटुञ्जेमा भने २५ देखि ३० वर्ष उमेर समूहका मानिसहरू पनि खोप लगाउन आएर जबरजस्ती आफूहरूलाई पनि खोप लगाइदिन भनेपछि अवरोध भएको हो।

'६०-६४ उमेर समुहलाई लगाइदिन भनेर स्वास्थ्य मन्त्रालयको निर्देशन भएबमोजिम लगाइरहेका थियौं। छुटेका स्वास्थ्यकर्मीलाई पनि लगाइरहेका थियौं। तर यहाँ उमेर समूहमा नपर्नेहरू मान्छेहरू आएर हंगामा गरेर, हामीलाई धम्क्याएर तोडफोड हुने स्थिति आयो। धेरै दबाब आयो,' आचार्यले भनिन्।

दबाबमा आएपछि उनले जिल्लाको स्वास्थ्य संयोजकलाई खबर गरेर खोप लगाउने काम स्थागित गरेकी हुन्।उनलाई आफूले भनेका व्यक्तिहरूलाई खोप नलगाइदिए कटुञ्जेमा धेरै नटिक्ने भन्दै धम्की दिएको बताइन्।अहिले प्रहरीको सहयोगमा खोप लगाउने काम सुरू भएको छ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Secondary Form Threat/intimidation
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Secondary Cause Healthcare Management
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports