Incident Reports

सिन्धुलीमा सरकारविरुद्ध प्रदर्शन

2021-06-07

 प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम, नागरिकता अध्यादेश, चरम मूल्यवृद्धिको विरोधमा विपक्षी गठनबन्धनका भातृसंस्था एवं विद्यार्थी संगठनहरुले मंगलबार सिन्धुलीमा प्रदर्शन गरेका छन् ।उनीहरुले दिउँसो सिन्धुलीमाडीको लोकतान्त्रिक चोकमा एक घण्टा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा विपक्षी गठबन्धनका भातृ संगठनहरु कांग्रेसको नेविसंघ, तरुण दल, माओवादी केन्द्रको वाईसीएल, अखिल क्रान्तिकारी र एमाले खनाल–नेपाल पक्ष अनेरास्ववियू र युवा संघमा आबद्ध नेता, कार्यकर्ता प्ले कार्डसहित कालोपट्टी बाँधेर गोलबद्ध भई धर्नामा बसेका थिए ।
उनीहरुले ओली सरकारका उपप्रधानमन्त्री राजेन्द्र महतोको राष्ट्रघाती अभिव्यक्ति भन्दै विरोध जनाए । सहभागीले सरकारलाई व्यंग्य गर्दै ‘अझै कति चुरीफुरी, थुक्क छि छि कुरीकुरी, लाज शरम पचायो, देशलाई बन्धक बनायो’ जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।



Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation between rival political parties outside elections
Secondary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org , CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments