Incident Reports

विद्यालय तोडफोड घटनाका आरोपित गिरफ्तार

2021-06-08

Karnali, Jumla, Tatopani, Ward 2

तातोपानी गाउँपालिका–२ स्थित हिमशिखर माध्यामिक विद्यालय तोडफोड गरेको आरोपमा प्रहरीले सोही गाउँपालिका–६ का २३ वर्षीय हरिदत्त बुढ्थापा र १७ वर्षीय हस्त खड्कालाई जेठ २५ गते घटना स्थलबाटै गिरफ्तार गरेको छ ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्रसिंह मल्लले आरोपितहरूले जेठ २५ गते विद्यालय तोडफोड गरिरहेको जानकारी पाएपछि प्रहरीलाई खबर गरेको बताउनुभयो ।

निषेधाज्ञाको समयमा विद्यालय बन्द रहेको मौका छोपी महत्वपूर्ण कागजात सहित सामान तोडफोड भएको प्रधानाध्यापक धन बहादुर रोकायाको भनाइ छ ।

रोकायका अनुसार तोडफोडबाट निर्णय पुस्तीका, लेखा परीक्षणको बिल, भरपाई, ल्याप्टप तीन थान, ब्याकप ३ थान, फोन सेट एक थान, प्रोजेक्टर एक थान र डेक्सटप दश थान लगायतका महत्वपूर्ण सामग्री तोडफोड भएका छन् ।

यसैगरी डिजिटल हाजिरी, फोटोकपी मेसिन २ थान, फाईल ब्याक २ वटा र स्टील दराज, दर्जन बढी ढोकाहरू तोडफोड गर्दा करिब १५ लाख क्षति भएको विद्यालयका प्राविधिक संयोजक गणेशराज डाँगीले बताउनुभयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Total damaged Buildings 1
INSEC

0 Comments

Related Reports