Incident Reports

छिटो न्याय सम्पादनको माग गर्दै अदालत सप्तरीमा प्रदर्शन

2021-06-09

Madhes, Saptari, Rajbiraj

 प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमा छिटो न्याय सम्पादनको माग गर्दै सप्तरीमा माओवादी केन्द्रले प्रदर्शन गरेको छ ।नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरु प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटन बदर गरी संसद पुनःस्थापनाको माग गर्दै प्रदर्शनमा उत्रिएका हुन् ।

नेकपा (माओवादी) केन्द्रका जिल्ला अध्यक्ष अशोक कुमार मण्डलको नेतृत्वमा राजविराजको शिव मन्दिरबाट निस्केको जुलुस नगर परिक्रमा गर्दै अदालत अगाडी पुगेर समापन भएको थियो ।

गत जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीको सिफारिसमा संसद विघटनको घोषणा गरेकी थिइन् । उक्त कदम संविधान विपरित रहेको भन्दै सर्वोच्च अदालतमा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी,  नेकपा (एमाले) माधव नेपाल पक्ष र राष्ट्रिय जनमोर्चाले संयुक्त रुपमा दिएको मुद्दामाथि सर्वोच्च अदालतमा बहस जारी छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

स्रोतहरू खुलाइएका बाहेक रातोपाटीमा प्रकाशित सम्पूर्ण सामग्रीहरू डिस्कवरी न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Secondary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments