Incident Reports

दाङमा गोली प्रहार

2021-06-11

Lumbini, Dang, Tulsipur, Ward 8

दाङ । दाङमा आज दिउँसो गोली चलाइएको छ । तुलसीपुर उपमहानगरपालिका–८ मा रहेको गतेखोला–बुटनिया कुलो निर्माणको क्रममा गोली प्रहार गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

कुलो निर्माणको क्रममा जग्गासम्बन्धी विवाद हुँदा स्थानीय कुलबहादुर वलीले भारतीय पेस्तोलबाट गोली चलाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक केसीले बताए ।

वलीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिसकेको पनि उनले बताए । यद्यपि, गोली कसैलाई लागे/नलागेको सम्बन्धमा प्रहरीले विस्तृत कुरा खुलाएको छैन ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Other violent form
Weapons Small arms
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Unclear
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports