Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-06-08

Bagmati, Lalitpur, Mahalaxmi, Ward 6

बोलाइ सम्बन्धी अपाङ्गता भएकी ६७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले महालक्ष्मी नगरपालिका–६ लेगुवाका ६१ वर्षीय लोकबहादुर कार्कीलाई जेठ २६ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले जेठ २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध जेठ २७ गते जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी दिएको छ ।

पीडित पक्षको मौखिक उजुरीका आधारमा आरोपितलाई जेठ २६ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी गोविन्द अधिकारीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितले सांकेतिक भाषामा घटनाका विषयमा जानकारी गराएपछि आरोपितविरूद्ध प्रहरीमा उजुरी दिएको पीडितका भाईले बताउनु भयो ।

आरोपितविरूद्ध प्रहरीले जिल्ला अदालतमा जेठ २७ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको एसपी अधिकारीले बताउनु भएको छ ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ २७ गते गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments