Incident Reports

No translation available.

2014-07-16

Bagmati, Lalitpur, Lalitpur

Ramesh Prasad Timalsina ललितपुर । ०७१ असार ३२ गते मुक्त कमैया पुनर्स्थापना निगरानी केन्द्रीय सङ्र्घष समितिले उच्चस्तरीय अधिकार सम्पन्न मुक्त कमैया पुनःस्थापना समस्या समाधान आयोग गठन गर्नुपर्ने माग गरेको छ । समितिले असार ३२ गते काठमाडौँमा पत्रकार सम्मेलन गरी प्रत्येक मुक्त कमैयालाई घर निर्माणको लागि १ लाख रुपैयाँ नगद र ७५ क्युफिट काठ उपलब्ध गराउनुपर्ने, मुक्त कमैयाले लालपुर्जा पहिचान नभएका र नदी कटान बलौटे उवरखावर जग्गा बदर गरी उचित ठाउँमा व्यवस्थित गर्नुपर्नेलगायतका आठ सूत्रीय माग राखेको छ । सभासद् डिल्लीबहादुर चौधरीले सरकारले मुक्त कमैयालाई मुक्ति घोषणा गरेको १४ वर्षसम्म पनि उचित पुनःस्थापना गर्न नसकेकोमा सरकारको आलोचना गर्दै उचित पुनर्स्थापनाको माग गरेका छन् । मुक्त कमैया परिवारलाई सीप र दक्षताअनुसार स्वदेशी तथा विदेशी रोजगारको सुनिश्चित गर्नुपर्ने र मुक्त कमैया परिवारलाई स्वास्थ्य उच्च शिक्षा र आवासको व्यवस्था गर्नुपर्ने मुक्त कमैयाका अगुवा बिन्तिराम थारुले जानकारी दिएका छन् । उनले सरकारसँग विभिन्न मितिमा भएका सहमति कार्यान्वयन गर्न पनि माग गरेका छन् । रमेशप्रसाद तिमल्सिना

0 Comments

Related Reports
Related Trend Analysis