Incident Reports

अज्ञात समुहद्वारा आधा दर्जन सवारी साधनमाथि तोडफोड

2021-06-12

Lumbini, Dang, Lamahi

दाङ । यहाँको लमहीमा आधा दर्जन सवारी साधनमाथि तोडफोड भएको छ। गएराति अज्ञात समुहले लमहीका विभिन्न स्थानमा पार्किङ गरी राखिएका ती सवारी साधनमाथि इट्टा र ढुंगा प्रहार गरी तोडफोड गरेको हाे।

लमहीस्थित हाम्रो राम्रो डेकोरेसनको रा १ ख १७५९ नम्बरको मिनी ट्रक, दिलिप जीसीको लु १ ख ९१४९ नम्बरको बस, इन्द्रमणि खनालको भे १ च २८१२ नम्बरको बोलेरो जीपमाथि अज्ञात समुहले तोडफोड गरी पूर्णरुपमा क्षति पुर्याएको छ । यसैगरी जैसवाल फलफूल सेन्टरका संचालक सुरेश जैसवालको डिलक्स बसमा तोडफोड गर्दा आंशिक क्षति पुगेको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ।

‘राति बाह्रदेखि एक बजेको बीचमा ती बदमासहरुले तोडफोड गरेछन्, हामीकहाँ अबेर गरी बिहान मात्र सुचना आयो । हामी तोडफोडमा संलग्नको खोजीमा जुटिसक्या छौं,’ वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेलले भने। घटनास्थलमा पुगेको प्रहरी टोलीले कति स्थानमा रोकेर राखेका गाडीमा तोडफोड भएको छ भन्नेबारे अनुसन्धानको अघि बढाएकाे पौडेलको भनाइ छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 6
Actor 2 - Affiliation (Target) Transport entrepreneurs/syndicate
Actor 2 - Youth na
Totally damaged Vehicles 6
Severely damaged Vehicles 3
National/Online Media

0 Comments

Related Reports