Incident Reports

हातपात प्रयास गर्ने पक्राउ- सुदूरपश्चिम - कान्तिपुर समाचार

2021-06-12

Sudurpashchim, Darchula, Shailyashikhar, Ward 9

दार्चुला — दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित गोकुलेश्वर अस्पतालका स्वास्थ्यकर्मीमाथि हातपात गर्न खोज्ने दुई जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।स्वास्थ्यकर्मीको लापरबाहीले नवजात शिशुको मृत्यु भएको भन्दै आफन्तले अस्पतालका स्वास्थ्यकर्मीमाथि हातपात गर्न खोजेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार स्वास्थ्यकर्मीमाथि हातपात गर्न खोज्ने बैतडी डिलासैनी गाउँपालिका–६ का ३० वर्षीय लोकेन्द्रनाथ योगी र ३० वर्षीय नरेन्द्रनाथ योगीलाई पक्राउ गरिएको हो । शैल्यशिखर नगरपालिका–१ का ३२ वर्षीया बसन्तीनाथ शनिबार सुत्केरी हुन गोकुलेश्वर अस्पताल भर्ना भएकी थिइन् । महिला अस्पताल भर्ना भएको केही समयपछि शल्यक्रिया गरेर बच्चा निकालिएको थियो ।

जन्मिएको ४/५ मिनेटपछि शिशुको मृत्यु भएको हो । आक्रोशित आफन्तहरू शल्यक्रिया गर्ने क्रममा डाक्टरको लापरबाहीले शिशुको मृत्यु भएको भन्दै प्रदर्शनमा उत्रिएपछि अस्पताल तनावग्रस्त बनेको छ । मृतकका आफन्तहरूले पीडित पक्षलाई उचित क्षतिपूर्ति, दोषी चिकित्सकलाई कारबाही गर्न माग गर्दै प्रदर्शनमा उत्रिए हुन् ।

अस्पताल र स्वास्थ्यकर्मीको सुरक्षार्थ इलाका प्रहरी कार्यालय गोकुलेश्वर, प्रहरी चौकी शिखर, इलाका प्रहरी कार्यालय लटिनाथ र बैतडीबाट थप सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Extra-judicial response related to perceived healthcare malpractice/after death of patient
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments

Related Reports