Incident Reports

कुटपिट घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

2021-06-04

Madhes, Saptari, Hanumannagar Kankalini, Ward 12

हनुमाननगर कङ्कालिनी नपा–१२ का ६८ वर्षीय महाप्रसाद लगरवार (यादव)लाई ४२ वर्षीय छोरा विश्वेश्वर लगरवार, ४० वर्षीया बुहारी रन्जुदेवी यादव र नातिहरू २० वर्षीय सञ्जिब यादव र १८ वर्षीय रोशन यादवले कुटपिट गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा जेठ २८ गते उजुरी दिनु भएको छ ।

पीडित लगरवारलाई आरोपितहरूले घरायसी विवादमा धारिलो हतियार, रड, लाठी समेतले प्रहार गर्दा टाउको फुटेको, बायाँ गोडा भाँचिएको भन्दै पीडितले ज्यान मार्ने उद्योग, कुटपिट, अङ्गभङ्गसम्बन्धी कसूरमा कारवाही गर्न माग गर्नु भएको छ ।

खान, लाउन नदिई दुःख दिएपछि अंश छुट्याई टाँसिएर बनेको घरमा अलग्गै बसेका आरोपितहरूले घरमा बसिरहेका बेला जेठ २१ गते बिहान कुटपिट गरेको पीडितले आरोप लगाउनु भएको छ ।

पीडितको उपचार गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा गरिएको छ । पीडितको टाउकोमा १० टाँका लगाइएको छ भने भाँचिएको गोडामा स्टिल राखिएको छ ।

पीडित र पीडितका जेठा छोरा राजकुमार लगरवारले इन्सेक प्रतिनिधिको कार्यालय आएर न्यायका लागि पहल गरी दिन आग्रह गर्नु भएको छ ।

लगतै इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवप्रसाद काफ्लेसँग समन्वय गर्नुभएको थियो ।

डिएसपी काफ्लेले घटनाको अनुसन्धान गरिरहेको र कानुनी कारवाही गरिने बताउनु भएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Assault (large group)
Weapons Blunt weapon , Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
INSEC

0 Comments