Incident Reports

घरेलु हिंसा घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-06-11

Karnali, Kalikot, Kalika

२२ वर्षीया पत्नीलाई कुटपिट गरि घर निकाला गरेको आरोपमा प्रहरीले शुभकालिका गाउँपालिका–४ भर्ताका २८ वर्षीय दाने तिमलसेनालाई जेठ २९ गते गिरफ्तार गरेको छ ।

आरोपितले पीडित महिलालाई जेठ २८ गते चिर्पटले आक्रमण गरी कुटपिट गरेको भन्दै पीडित पक्षले जेठ २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएपछि आरोपितलाई घरबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्र शाहले जानकारी दिनुभयो ।

कुटपिटबाट टाउको, छाति र पाखुरामा चोट लागेर घाइते भएकी पीडित महिलाको उपचार जेठ २९ गतेबाट जिल्ला अस्पतालमा भइरहेको डाक्टर विज्ञान प्रजाले बताउनु भयो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
INSEC

0 Comments