Incident Reports

सविता भण्डारीकाे न्यायका लागि भएको प्रदर्शनमा प्रहरीको धरपकड, १२ जना पक्राउ – देशसञ्चार

2021-06-15

Bagmati, Kathmandu, Kathmandu, Ward 11

काठमाडौँ – घरेलु हिंसाका कारण ‘आत्महत्या’ गरेकी चितवनकी सविता भण्डारीको न्यायका लागि माइतीघर मण्डलामा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ।राष्ट्रिय स्वयंसेवक नेपालको आयोजनामा भएको प्रदर्शनमा सहभागी भएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रदर्शनमा सहभागी राष्ट्रिय स्वयंसेवक नेपालका संयोजक सन्जिव ठगुन्नासहित १२ जनालाई प्रहरीले पक्राउ गरेको हो।उनीहरुलाई महेन्द्र पुलिस क्लब भृकुटीमण्डपमा लगिएको छ। ससुराबाट यौन हिंसामा परेकी सविताकाे ‘हत्या’ भएकाे आराेप आफन्त (माइती पक्ष) काे छ।सामाजिक सञ्जालमा सवितामाथि यौन हिंसा भएको भन्ने सम्बन्धी भिडियाे आएपछि यो विषयमा अहिले छानबिन भइरहेको छ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Secondary Form Detention of Protesters
Primary Cause Issues related to legal action and access to justice
Secondary Cause Freedom of Assembly
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CSO/NGO
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments