Incident Reports

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-06-10

Province 1, Sunsari, Itahari, Ward 4

इटहरी उपमहानगरपालिका–४ की ३५ वर्षीया सुनिता राईको हत्या गरेको आरोपमा प्रहरीले ३७ वर्षीय पति न्यायधीश राईलाई जेठ ३१ गते गिरफ्तार गरेको छ ।

पीडितको शव जेठ २७ गते घरको ओछ्यानमा नै फेला परेको थियो ।

पत्नीले अत्यधिक मदिरा सेवन गरेका कारण मृत्यु भएको बयान दिएको आधारमा आरोपितलाई प्रहरीले घटना भएको दिन गिरफ्तार गरेको थिएन ।

शवको पोष्टमार्टम जेठ २८ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको र रिपोर्टमा टाउकोमा चोट देखिएपछि हत्या आरोपमा राईलाई गिरफ्तार गरेको डिएसपी अर्जुन केसीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भएको छ ।

सुनसरी जिल्लामा रहेर मानव अधिकार अभिलेख र प्रसारको काम गर्दै आउनुभएका जयकृष्ण यादव २०७८ जेठ महिनाको उत्कृष्ट प्रतिनिधि घोषित हुनु भएको छ । उहाँ आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका सवालका साथै समसामयिक मानव अधिकारका समाचार लेख्न रुची राख्नु हुन्छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
INSEC

0 Comments