Incident Reports

बालकले बलात्कार गरेको ठहर l

2014-07-17

Pratap Bishta बालिकालाई बलात्कार गरेको ठहर गर्दै एक १५ वर्षीय बालकलाई जिल्ला अदालत मकवानपुरले साढे ५ वर्षकैद गर्ने फैसला गरेको छ । पीडितलाई १० हजार रुपैयाँ क्षतिपर्ति उपलब्ध गराउनु पर्ने आदेश गरेको छ । बालबालिका ऐन अर्न्तर्गत अदालतले उक्त फैसलालाई स्थगित गरी २/२ महिनामा बालकको प्रतिवेदन अदालतमा पेस गर्न आदेश गरेको छ । जिल्ला न्यायाधीश दीपेन्द्र अधिकारीको साउन १ गते बसेको इजलासले ४ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गरेको हो । उक्त फैसलामा विज्याई गर्ने बालकको प्रतिवेदन नीज कै बुबाले २/२ महिनामा अदालतमा बुझाउनु पर्ने उल्लेख गरेको छ । यो अवधिमा बालकले थप विज्याई गरेमा अदालतले गरेको फैसला कार्यान्वयनमा आउनेसमेत उल्लेख गरेको छ । बालकलाई तोकेको कैद स्थगित गरेको भए पनि क्षतिपुर्ति पीडितलाई उपलब्ध गराउनु पर्ने फैसला भएको अदालतका स्रेस्तादार दशरथ पगेनीले बताए । विज्याई गर्ने बालक पुनरावदेन अदालतको अदालतको आदेश बमोजिम अभिभावको जिम्मामा थिए ।

0 Comments

Related Reports
Related Trend Analysis