Incident Reports

मोरङ काङ्ग्रेस क्षेत्र नम्बर ४ को कार्यालयमा तालाबन्दी

2021-06-17

Province 1, Morang, Biratnagar

विराटनगर / नेपाली काङ्ग्रेस क्षेत्रीय कार्यसमित क्षेत्र नम्बर ४ को कार्यालयमा तालाबन्दी गरिएको छ । बिहीबार नेपाल विद्यार्थी सङ्घका नेताहरूले मोरङ क्षेत्र नम्बर ४ को क्षेत्रीय कार्यसमितिको कार्यालयमा तालाबन्दी गरेको हो ।

क्रियाशिल सदस्यता पाउनुपर्ने केही व्यक्तिहरूको नामलाई पाखा लगाई क्रियाशिल सदस्यताको प्रस्तावित नामावली सार्वजनिक हुँदा आफ्ना नजिकका केही मान्छेहरूका नाम मात्र दर्ता गराइ समावेश भएको पाइएको बताउँदै उनीहरूले तालाबन्दी गरेका हुन् ।

‘अन्य पाउनै पर्ने व्यक्तिको नाम समावेश नगरेर पार्टीको धर्म र सिद्धान्त भुलेको कुराले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, मोरङ क्षेत्र नं ४ को नेविसङ्घले जारी गरेको विज्ञप्तिमा लेखिएको छ’, हामी बुथबाट सिफारिस गरी पठाइएका नामावलीहरूलाई पाखा लगाइ मनोमानी ढङ्गले क्रियाशिल सदस्यता वितरण गर्न उद्दत देखिने उहाँको नियतले हाम्रो नेपाली काङ्ग्रेस पार्टी लोकतान्त्रिक हो कि होइन भन्ने प्रश्न चिह्न खडा गरेको छ ।’


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth na
National/Online Media

0 Comments