Incident Reports

श्रीमानको बञ्चरो प्रहारबाट श्रीमतीको मृत्यु 

2021-06-16

Lumbini, Dang, Ghorahi, Ward 3

दाङको घोराहीमा श्रीमानको बञ्चरो प्रहारबाट श्रीमतीको मृत्यु भएको छ।घोराही उपमहानगरपालिका वडा नं. ३ बेलुवा निवासी ५७ वर्षीय मुकुन्दलाल चौधरीको बञ्चरो प्रहारबाट घाइते ४६ वर्षीया स्याना कुमारी चौधरीको बिहीबार उपचारका क्रममा मृत्यु भएको हो।बुधबार बेलुका पौने ६ बजेतिर बञ्चरोले टाउकोमा प्रहार गरी गम्भीर घाइते तुल्याएका थिए।

घाइते स्याना कुमारीको उपचारका क्रममा मेडिकल कलेज कोहलपुरमा बिहीबार दिउँसो १:४० बजे मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले बताए।सामान्य घरायसी विवादका कारण श्रीमानले श्रीमतीलाई बञ्चरो प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको डिएसपी रिजालले जानकारी दिए। आरोपित मुकुन्दलाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments