Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-06-17

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 13

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पोखरा महानगरपालिका–१३ कसेरीका २३ वर्षीय विशाल परियारलाई गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले असार ३ गते घरमा कोही नभएको बेला ललाईफकाई र धम्काएर बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा सोही दिन उजुरी दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुवास हमालले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।

पीडित पक्षको उजुरीपछि आरोपितलाई असार ३ गते गिरफ्तार गरी उनीविरुद्ध जबरजस्ती करणी कसुर अन्तरगत कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर घटनाको अनुसन्धान अगाडि बढाइएको उहाँले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण पश्चिमाञ्चल क्षेत्रीय अस्पतलामा असार ३ गते भयो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Total damaged Buildings 00
INSEC

0 Comments